September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

अपराध महाशाखा पुगे नारायणकाजी र योगेश

995

काठमाडौं- नेकपाको प्रचण्ड-माधव पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य योगेश भट्टराई उनलाई भेट्न पुगेका छन्।

राज्यविरुद्धको कसुरमा निवासबाटै पक्राउ परेकी झाँक्रीलाई महानगरीय अपराध महाशाखा, मिनभवन राखिएको छ। प्रवक्ता श्रेष्ठ झाँक्रीलाई भेटेर बाहिरिहेका छन् भने भट्टराईले छलफल गरिरहेका छन्।

यसैबीच, प्रवक्ता श्रेष्ठले विज्ञप्ति जारी गर्दै संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको गिरफ्तारीले वर्तमान सरकारको अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको बताएका छन्।