September 26, 2021, Sunday
२०७८ आश्विन ११
1:37:26 pm

विप्लव नेतृत्वको नेकपासहित चार पार्टीले संयुक्त मोर्चा घोषणा गर्दै

400

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपा गरी चार पार्टीले रणनीतिक मोर्चा घोषणा गर्ने भएका छन्।

चार पार्टीले संयुक्त रुपमा आन्दोलनका कार्यक्रमसहित प्रज्ञा भवन कमलादीमा रणनैतिक संयुक्त मोर्चा घोषणा गर्दैछन्। संसद बाहिर भएका मुद्दा मिल्ने कम्युनिस्ट पार्टीहरुले दीर्घकालीन संघर्षका कार्यक्रम घोषणा लागिएको क्रान्तिकारी माओवादीका उपाध्यक्ष सिपी गजुरेलले बताए।

Advertisement

कार्यक्रममा वर्तमान सरकार, राज्य सत्ताका विरुद्ध कार्यक्रम र अवधारणा प्रस्तुत गरिने गजुरेलले बताए। संयुक्त मोर्चा घोषणा कार्यक्रमा क्रान्तिकारी माओवादी महासचिव वैद्य, वैज्ञानिक समाजवादीका संयोजक दुलाल, नेकपा अध्यक्ष कट्टेलसहित विप्लव नेतृत्वको नेकपाबाट प्रतिनिधि सहभागी छन्।