July 27, 2021, Tuesday
२०७८ श्रावण १२
1:37:26 pm

झाँक्री पक्राउ पछि गगन थापाले भने- सरकार झ्यालखानाको संख्या थप

745

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउपछि चौतर्फी विरोध सुरु भएको छ ।

कांग्रेस नेता गगनकुमार थापाले झाँक्रीको पक्राउप्रति विरोध जनाउँदै राष्ट्रपति विद्यादेवी भण्डारी र सरकारप्रति प्रश्न उठाएका छन् ।

थापाले सामाजिक संजालमा लेखेका छन्, ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति ! सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।’