July 27, 2021, Tuesday
२०७८ श्रावण १२
1:37:26 pm

नेकपा नेता झाँक्रीविरुद्ध लगाइएको कसुर के, सजाय कति ?

470

काठमाडौं- नेकपा प्रचण्ड–माधव समूहकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ पूर्जी थमाएको छ। पक्राउ पूर्जीमा राज्य विरुद्धका कसुर भनिएको छ।

मुलुकी फौजदारी अपराध संहिताको भाग–२ फौजदारी कसुरहरु परिच्छेद–१ राज्य विरुद्धका कसुर अन्तर्गत उनलाई पक्राउ गरिएको हो। उनले आफ्नै निवासबाट स्वेच्छिक गिरफ्तारी दिएकी हुन्।

प्रहरीले संहिताको दफा ५८ को कसुर झाँक्रीले गरेको आरोप लगाएको छ । उक्त दफामा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने व्यवस्था रहेको छ।  सात वर्ष कैद र सत्तरी हजारसम्म जरिवाना हुने उल्लेख छ।