April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

पाँचथरमा पहिरोमा परेर ३ को मृत्यु ५ बेपत्ता

690

पाँचथर । पाँचथरमा पहिरोले घर पुरिँदा एकै परिवारका दुईजना सहित ३ जनाको मृत्यु भएको छ भने पाँचजना बेपत्ता भएका छन् ।

फिदिम ४ मा पहिरोले पुरिँदा २४ वर्षीया सपना शेर्पा र ५ वर्षीया डोल्मा शेर्पाको मृत्यु भएको छ भने फिदिम नगरपालिका १ दुमा पुच्छारमा पहिरोले घर बगाउदा ५० वर्षीय गोपि विश्वकर्माको मृत्यु भएको फिदिम नगरप्रहरी प्रमुख सुजन पुरीले जानकारी दिए ।

mostbet

बिहीवार रातिबाट लगातार परिरहेको वर्षाको कारण फिदिम नगरपालिका -४ चिसापानीमा रहेको आदिबासी जनजातीको भवन छेउको घरमा गएराति माथिबाट आएको पहिरोले पुरीएर सपना र डोल्माको मृत्यु भएको हो ।

Advertisement

नगरप्रहरी प्रमुख पुरीका अनुसार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पठाइएको छ । घटनाको बारेका बिस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरक्षक रुपेश तामाङले जानकारी दिए ।

यसैगरी फिदिम १ दुमामा पहिरोमा परि कृष्ण दास, उनकी श्रीमती कमला दास, धनकुमार तुम्बापो, राजेश तुम्बापो उनकी श्रीमती सरस्वति तुम्बापो बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । बेपताहरूको खोजि कार्य भइरहेको छ ।