November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

जनता समाजवादी पार्टी जिल्ला कार्य समितिको बैठक सम्पन्न

पदम सुखि सम्बाहाम्फे
२०८० फाल्गुन १८

1.8K

पाँचथर । जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समितिको बृहत बैठक फिदिममा आज सम्पन्न भएको छ । पार्टीद्वारा निर्देशित बिधान र केन्द्रको परिपत्र अनुसार संगठनिक संरचनाको गतिविधि बारे छलफल भएको थियो ।

पार्टी भित्रका नयाँ पुराना क्रियाशिल सदस्यहरुलाई चलायमान अवस्थामा राख्ने उद्देश्यले सामुहिक छलफलमा जुट्नुपरेको जसपा नेपालका जिल्ला कार्य समितिका उपाध्यक्ष भरत राइले बताए ।

जिल्ला र हरेक गाउपालिकाका पहिचानको लागि पार्टीको आगामी संघर्षशिल कार्य योजनाको थप रणनीति बनाउनै पर्ने बैठकमा जोड दिइएको थियो ।

Advertisement

प्रदेश सचिवालय सदस्य जसपा केन्द्रीय सदस्य राजेन्द्र जबेगु जसपा नेपाल केन्द्रीय सदस्य भावना इङ्वा पुर्व प्रदेश सदस्य बुद्धराज इङ्वा लगायतले पनि पार्टी भित्रका बेथिति प्रवृत्तिलाइ सच्याएर अगाडि बढ्नुको विकल्प नरहेको बताए ।

जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्यसमितिको अध्यक्ष लक्षमण लावतीको अध्यक्षतामा भएको उक्त बैठकले नव गठित प्रेस मंच नेपालका पदाधिकारीहरुलाइ समेत कार्य सफलताको शुभकामना दिइएको थियो ।