May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

फिदिमको फेमे खोलामा टिफर दुर्घटना हुँदा दुईजना घाइते

635

पाँचथर । फिदिम फालोट सडक खण्ड अन्तर्गत फिदिम १ फेमे खोलामा टिफर दुर्घटना भएको छ । दुर्घटनामा टिफर चालक र त्यसमा सवार एक जना घाइते भएका छन् ।

बिहीवार साँझ ४:४० बजेको समयमा नांगिनबाट फिदिमतर्फ आउँदै गरेको ना ८ ख २२६ नम्बरको ट्रिफर फेमेखोला पुल भत्काई पुलबाट अन्दाजी १६ फिट तल खसेको प्रहरीको भनाई छ ।

दुर्घटनामा परी टिफर चालक धनकुटा जिल्ला पाख्रीबास घर भई हाल सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नं १३ बस्ने वर्ष ३२ का अशोक राना मगर रहेको र उनको दाहिने आँखाको छेउमा चोट लागेको साथै दाहिने नलिखुट्टा भाँचिएको छ ।

Advertisement

चालकसँगै सवार अर्का एकजना पाँचथर जिल्ला फिदिम नगरपालिका ११ झुसेनी बस्ने वर्ष २४ का प्रताप दर्नाल रहेका छन् । उनको बाहिरी शरीरमा सामान्य चोट लागेको प्रहरीको भनाई छ ।

हाल चालको अवस्था मध्यम रहेको र सँगै सवार दर्नालको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ । उनीहरु दुवै जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सुमित कुश्वाहाले जानकारी दिए ।