May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

अनेरास्ववियु पाँचथरको अध्यक्षमा इन्दिराज ओझा चयन

955

पाँचथर । नेकपा एकीकृत समाजवादी पार्टीको भातृ संगठन अनेरास्ववियू पाँचथरको जिल्ला अध्यक्षमा इन्दिराज ओझा चयन भएका छन् । बुधबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच ओझालाई जिल्ला अध्यक्षकाे जिम्मेवारी दिइएकाे हो ।

समाजवादी पाँचथरको अध्यक्ष पद केही महिनादेखि रिक्त रहेको थियो ।

कार्यक्रममा पार्टीका कार्यवाहक अध्यक्ष प्रेम रिजाल, सचिव महेन्द्र विक्रम थाम्सुहाङ, उपसचिव मनरथ चापागाईं कार्यलय सचिव वीरदल राई लगायत नेताहरूकाे उपस्थिति थियाे ।

Advertisement

पदमा चयन भएसँगै ओझाले आफ्नो पदीय जिम्मेवारी इमान्दारीताका साथ बहन गर्ने प्रतिबद्धता जनाए।