December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

पाँचथरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

850

विराटनगर। पाँचथरमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शनिबार फिदिम नगरपालिका ११ फेवादिनस्थितमा भएको दुर्घटनामा एकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बिहान साढे ७ बजे नागिनबाट फिदिमतर्फ आउदै गरेको प्रदेश १-०३-००१ प ५२७१ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा स्थनीय ७० बर्षीय हेम कुमार कार्की र निजकै श्रीमती ६५ बर्षीय माया देवी कार्की घाईते भएका थिए । घाईते उनीहरुलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर लगिएकोमा उपचारको क्रममा माया देवी कार्कीको मृत्यु भएको होब।

Advertisement