April 20, 2024, Saturday
२०८१ बैशाख ८
1:37:26 pm

पाँचथरमा आगलागी हुँदा लाखौंको क्षती

1.1K

काठमाडौं । पाँचथरमा आगलागी हुँदा धनमाल नष्ट भएको छ । फाल्गुनन्द गाउँपालिका–५ भञ्ज्याङ बस्ने पञ्च बहादुर चेम्जोङको घरमा आगलागी हुँदा लाखौंको क्षती भएको हो ।

प्रहरीका अनुसार आइतबार उनको भान्छा घरबाट आगलागी हुँदा उक्त आगो फैलिएर सोही घर नजिकै रहेको उनकै तीनतले घरमा समेत आगलागी हुँदा दुवै घर, नगद ५ लाख रूपैयाँ, सुन ७ तोला, चाँदी ३० तोला, अन्नपात, भाँडावर्तन, किराना पसल, लत्ताकपडा. काठपात लगायत घरमा पार्किङ गरिराखेको मोटरसाइकल ३ थान र स्कुटर १ थान जलेर करिब १ करोड ५० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

Advertisement