पाँचथर । १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाँचथरले फालेलुङ गाउँपालिका–७ का ४५ वर्षीय रत्नमान राईलाई १३ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । यो सँगै कसुरदारबाट १ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार विश्वजङ्ग सिञ्जापतिले जानकारी दिए ।
जिल्ला अदालतका न्यायाधीश टेकेन्द्र दाहालको इजलासले उक्त आदेश गरेको हो ।
पीडित बालिकालाई आरोपितले ०७७ साउन ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध साउन १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । आरोपितलाई प्रहरीले ०७७ साउन १५ गते घरबाट गिरफ्तार गरी भदौ २ गते जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतका तत्कालीन न्यायाधीश मोहनराज भट्टराईको भदौ २ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।