पाँचथर। जिल्लाको फिदिम नगरपालिका–६ सिवास्थित नाम्बिन टोलका कृषकहरुलाई तरकारी खेतीका लागि टनेल, ड्रम, पाइप र बिउबिजन वितरण गरिएको छ । फिदिम नगरपालिकाको सहयोगमा स्थानीय नाम्बिन कृषक समूहले २२ घरधुरी कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा उक्त सामग्रीहरु वितरण गरेको हो ।
सो अवशरमा कृषकहरुलाई तरकारी खेती सम्बन्धी तालिमसमेत प्रदान गरिएको थियो । तालिमको सहजीकरण फिदिम नगरपालिका, कृषि बिकास शाखा प्रमुख याम बहादुर संग्रौलाले गरेका थिए ।
कार्यक्रममा फिदिम नगरपालिका–६, का वडा अध्यक्ष बिपन तुम्रोक, फिदिम नगरपालिका कृषि बिकास शाखाका प्रमुख याम बहादुर संग्रौला, फिदिम–६, का वडा सदस्य लोकेन्द्र कुमार तुम्रोक र सिवा कृषक समूहका अध्यक्ष सन्दिप तुम्रोकले प्राप्त सामग्रीलाई सहि रुपमा सदुपयोग गरी तरकारी खेतीमार्फत आयाआर्जन बृद्धि गर्न कृषकहरुलाई सुझाव सँगै शुभकामना दिएका थिए ।
उक्त सामग्रीहरु तकारी पकेट क्षेत्र बिस्तार कार्यक्रम अन्तर्गत वितरण गरिएको हो । सामग्री पाएपछि कृषकहरु उत्साहित बनेका छन् । कार्यक्रम नाम्बिन कृषक समूहका अध्यक्ष हर्क प्रसाद तुम्रोकको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कृषकले छुने र देख्ने गरी स्थानीय सरकारले गरेको यस प्रकारको सहयोग पाएपछि कृषकमा उत्साह छाएको बताईएको छ ।