April 18, 2024, Thursday
२०८१ बैशाख ७
1:37:26 pm

गण्डकी प्रदेशमा मिलेर सरकार बनाउने तयारीमा काँग्रेस र माओवादी

1.9K

पोखरा । गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान भएको छ । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले दुई दिनभित्र संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि मंगलबार दलहरूलाई आह्वान गरेका हुन् । उपधारा २ मा दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न सक्ने प्रावधान छ ।

यसअघि पुस २५ गते नेकपा माओवादी केन्द्रको समर्थनमा एमाले गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीको नेतृत्वमा सरकार गठन भएको थियो। माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले गत शनिबार पुनः विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव राखेका थिए। सभाले विश्वासको मत नदिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान भएको हो ।

प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत नरहेकाले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान गरेका हुन् । अब दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार गठनका लागि दाबी पेस गर्नुपर्नेछ । नागरिक दैनिकबाट

Advertisement