काठमाडौँ – पछिल्लो २४ घण्टामा देशैभरी १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशैभरी गरिएको ३५६७ नमुना परीक्षणमा उपत्यकाका ६५ जनासहित १३४ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा महिला ६३ र पुरुष ७१ जना रहेका छन् । आज थपिएका १३४ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ ।
त्यसैगरी आज देशैभरी ११८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ११८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूल संख्या २ लाख ६८ हजार ५४९ पुगेको छ । निको हुनेको यो दर ९८.६ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी मृत्युको संख्या शून्य रहेको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०४७ रहेको छ ।