July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

हराएका २५ माेटरसाइकल भेटाएर धनीलाई जिम्मा दियो ट्राफिक प्रहरी महाशाखाले

950

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई आज जिम्मा लगाइएको छ । मोटरसाईकल हराएको भनि निबेदन दिन आउनेहरुको गुनासोलाई सम्बोधन गर्न ट्राफिक प्रहरीको बिशेष अपरेसन टोली परिचालन गरि चोरीमा संलग्न मानिस सहित मोटरसाईकलहरु नियन्त्रणमा लिएको हो । सोही क्रममा महाशाखाको सादा पोशाकको टोलीले यहि असोज ९ गते गोकर्णेश्वरबाट चोरी भएको बजाजको २२० सिसिको पल्सर मोटरसाईकल सहित नुवाकोट शिवपुरी गाँउपालीका ८ घर भएका बर्ष २६ को बिष्णु मिजारलाई पक्राउ गरी आबश्यक कारबाहिको लागि आजै महानगरीय प्रहरी बृत्त बौद्ध पठाएको छ ।मिजारले गितराज पाख्रीनको प्रदेश ३-०२-०११प७०१७ को पल्सर मोटरसाईकलको नम्बर परिबर्तन गरि प्रदेश३-०२-०११प ५२३६ नम्बर राखि चलाएको अबस्थामा हिजो बौद्धबाट पक्राउ गरेको हो ।

उपत्यकाका बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालिमाटी, महाराजगंज, कलंकी लगायतका स्थानबाट फेला पारी आज २५ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। सादा पोसाकमा प्रहरी परिचालन गरेर हराएका मोटरसाइकल तथा स्कुटर खोजीलाई तीव्रता दिइएको महाशाखाका प्रमुख एसएसपी भट्टराईले बताए । उनले जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साईरन लगायतका उपकरण जडान गर्न समेत मोटरसाइकल चालकहरुलाई सुझाव दिए ।

रबिन्द्र परियार, मनिस सिंह, बिक्रम पण्डित, सुजन खड्का, सञ्जिब अर्याल, मिलन गुरुङ, बम बहादुर बि।क, आशिष पराजुली, पासाङ मोक्तान, दिनेश लामा, हरिहर बोगटी, गोपाल श्रेष्ठ, रुपेश पाण्डे, अच्यूत सिलवाल, श्याम बहादुर खाती, सुशील राणा, प्रकाश गुरुङ, सन्तोष बराल, राजेन्द्र श्रेष्ठ, निर्मल कुमार साह, अर्जुन तामाङ, बासुदेव पोख्रेल, चुडामणि सापकोटा, कुमार श्रेष्ठ र ङ्युडुप दोर्जे लामालाई हराएको मोटरसाईकल महाशाखाले जिम्मा लगाएको छ ।

महाशाखाले यस आ।व। ०७७र७८ मा २३३ वटा मोटरसाइकल अनुसन्धानको लागि नियन्त्रणमा लिई सम्बन्धित धनी पत्ता लगाई १९६ वटा मोटरसाईकल जिम्मा लगाइ सकेको छ भने चोरीमा संलग्न ३९ जना व्यक्तिहरूलाई समेत पक्राउ गरी चोरी मुद्दा चलाईसकेको महाशाखाका प्रबक्ता श्यामकृष्ण अधिकारीले बताए।