मकवानपुर – मकवानपुरको दामन–सिमभञ्ज्याङ क्षेत्रमा हिमपात भएपछि हेटौंडा–काठमाडौं गर्ने सवारीसाधन सञ्चालनमा अवरोध पुगेको छ।
हिमपातमा सवारीसाधन सञ्चालन गराउँदा दुर्घटनाको जोखिम बढेको भन्दै हेटौंडा –काठमाडौं आवातआवत गर्ने सवारीसाधन रोकिएको मकवानपुर प्रहरीले जनाएको छ।
हिउँमा चिप्लियर शनिबार राति सुमो दुर्घटनामा एक जनाको मृत्यु भएपछि थप दुर्घटना नहोस् भन्नका लागि सवारीसाधन गुडाउन अहिले रोक लगाइएको छ।