काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन बाेर्डकाे सञ्चालक सदस्यमा तीन जना सदस्य नियुक्त गरेका छन्। मन्त्री ढकालले बोर्डमा रिक्त रहेको सञ्चालक समितिमा शुक्रबार ३ जना सदस्य नियुक्त गरेका हुन्।
व्यवसायीहरु चन्द्र रिजाल, नवाङ निमा शेर्पा र कृष्णकुमार साहलाई पर्यटन बोर्ड सदस्यमा नियुक्त गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।
सदस्यका लागि २२ जनाले इच्छा प्रकट गर्दै आवेदन दिएका थिए। २२ जनाबाट ५ जना सर्टलिस्ट गरिएको थियो। उक्त सर्टलिस्टबाट ३ जना सदस्यहरूलाई ३ वर्षका लागि सञ्चालक सदस्यमा नियुक्त गरिएकाे हाे।