September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

आज देशभर १७१ जनामा कोरोना संक्रमण, २२७ जना निको, २ जनाको मृत्यु

545

काठमाडौ – नेपालमा पछिल्लो २४ घण्टामा १७१ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २,८७८ नमुना परीक्षणमा उपत्यकाका ७८ जनासहित १७१ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा महिला ५९ र पुरुष ११२ जना रहेका छन् । आज थपिएका १७१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ ।

त्यसैगरी आज देशैभरी २२७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २२७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुलसंख्या २ लाख ६७ हजार २९२ पुगेको छ । निको हुनेको यो दर ९८.४ प्रतिशत हो ।

त्यस्तै आज देशैभरीमा २ जनामात्र कोरोना संक्रमितको निधन भएको छ । आज थपिएका २ जनासँगै हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०२२ पुगेको छ ।