September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

धनगढीमा प्रचण्ड-नेपाल र केपी ‌ओली समूहका कार्यकर्ताबीच तनाव

1.3K

काठमाडौं – धनगढीमा प्रचण्ड-नेपाल र केपी ‌ओली समूहका कार्यकर्ताबीच तनाव भएको छ। प्रधानमन्त्री केपी ओली समूहका अनेरास्ववियुका संयोजक कुमार बढेलाको गाडीको साँचो प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले खोसेपछि झडपको अवस्था आएको हो।

धनगढीमा दुबै पक्षका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन्।

Advertisement

प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले विभिन्न ठाउँमा टायर बालेर प्रदशर्न गरिरहेका छन्। उनीहरुले मुख्यमन्त्री कार्यालय, ट्राफिक चोकलगायत मुख्य बजारमा सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका छन्।

यता ओली पक्षका कार्यकर्ता भने बन्द गराउन पाइँदैन भन्दै आमहडतालको विरोधमा प्रदर्शन गरिरहेका छन्। केही समयअघि दुवै पक्षका कार्यकर्ताबीच ट्राफिक चोकमा जम्का भेट हुँदा सामान्य झडप भएको थियो। प्रहरीले हस्तक्षप गरेर भीड नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले दुवै समूहलाई भेट्न दिएको छैन। विभिन्न स्थानमा प्रहरीको बाक्लो उपस्थित छ।