November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मसाल जुलुस सकेर फर्कदै गर्दा प्रचण्ड माधव समुहका केन्द्रीय सदस्यकाे दुर्घटनामा निधन

3.3K

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएकाे छ । 

बरहथबामा भएको नेकपाको मसाल जुलुस सकेर नयाँरोडतर्फ जाँदै गर्दा नयाँरोड–बरहथवा सडकखण्डको सोल्टिमोड नजिक भएको माेटरसाइकल दुर्घटनामा वाग्लेको ज्यान गएकाे सर्लाही प्रहरीले जानकारी दिएको छ ।बुधबार राति ९ बजेतिर सडकमा लडिरहेको शव  र ज १० प ३२०६ नम्बरको मोटरसाइकल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

हरिपुर नगरपालिका-१ हजारबिघा घर भएका ५१ वर्षका वाग्लेलाई उपचारको लागि बरहथवा प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । उनको आँखाको छेउमा सामान्य निलडाम जस्तो देखिए पनि शरीरको अन्य भागमा कुनै चोट नलागेको प्रहरीले जानकारी दिएको छ।

Advertisement