September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

पछिल्लो २४ घण्टामा देशभर थपिए १५९ संक्रमित

610

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार केही दिनयता कोरोना संक्रमणबाट निधन हुने र संक्रमित हुनेको संख्या घट्दै गएको छ ।

आज देशैभरी गरिएको ४,१४५ नमुना परीक्षणमा १५९ जना मात्र संक्रमित थपिएका हुन् । जसमा उपत्यकामा ८५ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा महिला ६१ र पुरुष ९८ जना रहेका छन् । आज थपिएका १५९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७१ हजार ११८ पुगेको छ ।

त्यसैगरी आज देशैभरी २६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २६४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुलसंख्या २ लाख ६६ हजार ६०० पुगेको छ । निको हुनेको यो दर ९८.३ प्रतिशत हो ।