काठमाडौं- झापाको कचनकवल गाउँपालिका–१ घेराबारीमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ। गएराति घेराबारीका गोबर्धन राजवंशीको घरमा आगलागी हुँदा करिब ६० वर्षीय वृद्ध गोबर्धनको मृत्यु भएको हो।
आगलागीबाट तीन घर पूर्ण रुपमा जलेर नष्ट भएका प्रहरीले जनाएको छ। आगलागीको जानकारी पाउनासाथ प्रहरी चौकी घेराबारीबाट खटिएको प्रहरी, स्थानीयवासी, नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो।
आगलागीबाट राजवंशीका तीन घर जलेर नष्ट भएका छन्। आगलागीबाट एउटा गाई, दुई वटा बाछा र तीन वटा बाख्रा मरेका प्रहरीले जनाएको छ।