November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बुद्ध एयरले ल्यायो भ्यालेन्टाइनमा अफर

2.7K

काठमाडौं- बुद्ध एयरले भ्यालेन्टाइन अफर ल्याएको छ। १४ फेब्रुअरीका दिन मनाइने भ्यालेन्टाइन डे नेपालमा पनि वर्षैपिच्छे लोकप्रिय बन्दै गइरहेको अवस्थामा बुद्ध एयरले यस्तो अफर ल्याएको हो।

विशेषगरि शहरिया युवामाझ लोकप्रिय बनेको यो दिवसका दिन बुद्ध एयरले अझ रमाइरलो बनाउन एभरेष्ट माउन्टेन फ्लाइटको अफर ल्याएको छ। ९ हजार ९ सय ९९ मा एउटा टिकट किन्दा अर्को नि:शुल्क साथै चकलेट र फुलका गुच्छा समेत पाइने छ।

बुद्ध एयरले हरेक टिकटमा उक्त गिफ्ट प्रदान गर्न लागेको जनाएको छ। बुद्ध एयरका हरेक उडान सुरक्षित तथा संक्रमणरहित रहेको एयरका कम्युनिकेसन म्यानेजर दिपेन्द्र कर्णले बताए। एभरेष्ट एक्सपेरियन्स उडान बुद्ध एयरले हरेक शनिवार गर्दै आइरहेको छ।

Advertisement