November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोरोनाको खोप लगाएका सशस्त्रका डीएसपीले भने- खोपले ‘साइड इफेक्ट’ गरेको छैन्

2.8K

काठमाडौँ – नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशव्यापी रुपमा सुरु भएको छ । खोपका विषयमा विभिन्न आशंका पैदा भइरहेका बेला  चिकित्सकहरुले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्धक्क भएर लगाउन सुझाव दिएका छन् ।

सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. रोशन कुमार झाले खोपले कुनै पनि साइड इफेक्ट नगर्ने भएकाले आत्तिनुपर्ने कुनै कारण नभएको बताए ।

‘कोरोनाको खोप नेपालमा हामीले पहिलोपटक लगाएका छौं । मैले पनि बिहानै खोप लगाएँ । डर लागेको छैन् । हामी डाक्टर पनि हो । किनभने कोरोना महामारीमा अग्र स्थानमा खटिएका थियौं । मैले खोप लगाएको करिब चार घण्टा भयो । खोप लगाएपछि पनि कुनै किसिमको साइड इफेक्ट फिल गरेको छैन्,’ उनले भने ।

Advertisement

‘यदी आफ्नो पालो आयो र फिजिसियनको निगरानीमा लिँदा फाइँदै हुन्छ । भाइरसलाई रोक्ने भनेको भ्याक्सिन नै हो’, उनले भने ।

डीएसपी झा कोरोना महामारीमा अग्र स्थानमा खटिएका थिए ।