April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

सिन्धुलीमा बस र माइक्रो ठोक्किँदा ९ जना घाइते

350

काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर–५ स्थित बिपी राजमार्गमा बस र माइक्रो ठोक्किँदा ९ जना घाइते भएका छन् ।

शुक्रबार काठमाडौंबाट जाँदै गरेको बा.४ ख ५०५२ नम्बरको हायस माइक्रो र खुर्कोटबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस ठोक्किएको प्रहरीले जनाएको छ ।

mostbet

घाइते हुनेमा माइक्रो चालक ३८ वर्षीय गज बहादुर मगर, काभ्रे घर भएकी ३० वर्षीया अनिता न्यौपाने र ३२ वर्षीय प्रबिन तिवारी छन् ।

Advertisement

ठेगाना यकिन नभएका प्रशान्त केसी गम्भीर घाइते छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ९ वर्षीया संस्कृति यादव, ३२ वर्षीय कल्पना राई, ३८ वर्षीय अमेश खड्का, २२ वर्षीय अमृत राना मगर र ४२ वर्षीय दिन प्रसाद सिग्देल घाइते भएका छन्।

बस दोलखाको बैतेश्वर गाउँपालिका घर भएका २६ वर्षीय सुमन सुवेदीले चलाएका थिए ।