धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बु उपचारकै क्रममा निधन भएको छ । आन्द्राको क्यान्सरबाट पीडित लिम्बूको उपचार भारतको नयाँ दिल्लीस्थित अस्पतालमा भइरहेको थियो।
५५ वर्षीय लिम्बू लामो समयदेखि क्यान्सर रोगको उपचारमा थिए । २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित लिम्बू केही महिनादेखि भारतमा उपचाररत थिए । उपचारकै क्रममा उनको दिल्लीमा निधन भएको हो ।
उनको निधनको शोकमा गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । स्वर्गीय लिम्बू सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए।
स्थानीय तहको विकास, सेवा प्रवाह तथा समुदायका समस्याहरू समाधान गर्न उनी सधैं अग्रसर रहन्थे। पारिवारिक स्रोतका अनुसार अन्त्येष्टिका लागि उनको पार्थिव शरीर जन्मस्थल धनकुटाको खुवाफोकमा ल्याउने तयारी भइरहेको छ।