April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा एकजना पक्राउ

२०८२ फाल्गुन २८

830

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका वडा नं. १३ बाँझापाटन बस्ने वर्ष ४३ को विकास गुरुङ रहेका छन् ।

mostbet

बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले वडा नम्बर ९ महेन्द्रपुलबाट पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

Advertisement

प्रहरीका अनुसार गुरुङ यसअघि तीन पटक लागुऔषध मुद्दामा सजाय पाएको समेत प्रहरी अभिलेखबाट खुलेको छ ।