काठमाडौं । गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरूङ ‘दीपक मनाङे’ रिहा भएका छन् । डिल्लीबजार कारागारमा रहेका उनी बुधबार रिहा भएका हुन् ।
२०६१ वैशाख ३१ गते मिलन गुरूङ ‘चक्रे मिलन’ को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा मनाङेलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योग कसुरमा दोषी ठहर गरेको थियो ।
२० वर्षपछि २०८१ कात्तिक २० सर्वोच्चबाट मनाङेलाई ५ वर्ष कैद सजायको फैसला भएको थियो ।
यो सजाय २०६९ साउन २८ गते उच्च अदालत पाटनले गरेको सदर सजाय थियो । मनाङेले २०७५ वैशाख २३ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए ।
यसअघि नै उनी २ वर्ष ८ महिना जेल बसिसकेका थिए । मनाङे दुई वर्ष चार महिना जेल बस्नुपर्ने हुन्थ्यो। त्यसमा जिल्ला अदालत काठमाडौंले २०८१ फागुन २३ गते २० प्रतिशत छुटको आदेश दिएको थियो।