March 8, 2026, Sunday
२०८२ फाल्गुन २५
1:37:26 pm

टिप्परको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु

२०८२ फाल्गुन १९

520

ललितपुर । काठमाडौंमा टिप्परको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु भएको छ । मंगलबार बिहान नयाँ बानेश्वरको बिजुलीबजारबाट तिनकुनेतर्फ गइरहेको बा.२ क ३२२९ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटरमा सवार बद्री कोइरालाको मृत्यु भएको हो ।

प्रहरीकाअनुसार भक्तपुरका लोकन्थली बस्दै आएका ४८ वर्षीय कोइराला सुनसरीको इनरुवा नगरपालिका–५ का स्थानीय हुन् । उनी भक्तपुरस्थित क्षयरोग केन्द्रका नासु हुन् । टिपरले कोइरालाले चलाएको प्रदेश–३–००१ ब.९४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

pin up pinup

टिपर चालक गोरखाको भुम्लिचोक घर भएका २६ वर्षीय विकाश थापामगरलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement