काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले पहाडी क्षेत्रमा मौसम बदली हुने भएकाे छ ।
अहिले देशका पूर्वी पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका भू-भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ। बाँकी क्षेत्रमा मौसम सामान्यतय सफा छ ।
मंगलबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानहरुमा हल्का हिमापाको संभावना ।
बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै राति प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको भू–भागहरूमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । यसैबिच देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।