November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

शानदार मःम भवनमा आगलागीबाट घाइते भएका दुई जनाको मृत्यु

1.3K

ललितपुर । काठमाडौंको कमलपोखरीमा रहेको शानदार मःमको भवनमा आगलागीबाट घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो । सोमबार राति ९ बजेतिर रविन राई र मंगलबार रातको २ बजेतिर भीमबहादुर घलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माघ २३ गते शानदार मःममा ग्यास लिक भएर आगलागी भएको थियो । आगलागीबाट ११ जना कामदार घाइते भएका थिए । जसमध्ये दुई जनाको मृत्यु भएको हो ।

Advertisement

अन्य घाइतेको उपचार भइरहेको छ ।