April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २०९ पुग्यो

1.4K

काठमाडौं । बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २०९ जना पुगेको छ।

गृह मन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारीका अनुसार २९ जना बेपत्ता छन् भने एक सय ४२ जना घाइते छन्।

mostbet

खोज तथा उद्धारकार्य जारी रही सोमबार नेपाली सेनाको हेलिकप्टरबाट काभ्रेपलाञ्चोक, सिन्धपाल्चोक, सिन्धुली, ललितपुर लगायत स्थानबाट घाइते, बिरामी तथा अलपत्र परेका ४२५ जनाको उद्धार गरिएको उनले जानकारी दिए।

Advertisement

यही असोज १० गतेदेखि १२ गतेसम्म देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण ठुलो क्षति पुर्‍याएको छ ।