November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

जापानमा प्रथम नेपाल फेस्टिवल माचुदो चिबा २०२४ आयोजना हुँदै

1.3K

टोकियो । जापानमा आज प्रथम नेपाल फेस्टिवल माचुदो चिबा २०२४ आयोजना हुँदैछ । नेपालकोे कला संस्कृतिको संरक्षण गर्दै कला र संस्कृतिलाई जापानी समुदायमा परिचित गराउन तथा जापानीज नागरिकहरुलाई नेपाल भ्रमणको निमन्त्रणा दिने मुख्य उद्देश्यसहित उक्त कार्यक्रम गर्न लागिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले जनाएको छ ।

एनआरएनए जापान चिबा क्षेत्रीय कार्यसमितिको आयोजना एवं कान्तो क्षेत्रीय कार्यसमितिको प्रमुख सह–आयोजनामा पहिलोपटक जापानको चिबा सहरमा यस कार्यक्रम आयोजना हुन लागेको हो ।

यस कार्यक्रमका लागि निःशुल्क प्रवेश रहेको छ भने नेपाली राजदुताबास जापान, एनआरएनए जापान, माचुदो इन्टरनेशनल कल्चर एक्चेन्ज एसोसिएसन, माचुदो नगरपालिका, माचुदो टुरिजम बोर्ड, माचुदो उद्योग बाणिज्यसँगको सहकार्य रहेको छ ।

Advertisement