November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नदीले बगाएर दुईजना बेपत्ता

930

काठमाडौं । चितवनमा राप्ती नदीले बगाएर दुईजना बेपत्ता भएका छन् । शुक्रवार अपरान्ह मेघौलीका दुई जना तीन जना स्थानीय नदीमा प्रवेश गरेकामा एक जना भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका –२५ का ४३ वर्षीय सञ्जिव चौधरी, वडा नम्बर २७ का ४५ वर्षीय सुकबहादुर परियार र २८ वर्षीय रोहितकुमार चौधरीलाई नदीले बगाएको थियो।

बगेको केहीबेरमा उत्रिएका रोहितकुमारले अन्य दुई जना साथीलाई जमुनाघाटबाट नदीले बगाएको जानकारी दिएको प्रहरीले जनाएको छ ।

Advertisement

त्यही सूचनाको आधारमा हराएकाहरुको शुक्रबार रातिबाटै खोजी सुरु गरेको थियो।