November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

लागुऔषध गाँजासहित गाडी पक्राउ

1.3K

विराटनगर । लागुऔषध गाँजासहित गाडी प्रहरीले पक्राउ गरेको छ । सुनसरी जिल्लाको बराहक्षेत्र- ९ राजाबास स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टिबाट खटिएका प्रहरी निरीक्षक विकास राईको टोलीले आज ( मंगलबार ) पक्राउ गरेको हो ।

चक्रघट्टिबाट मधुवन तर्फ आउदै गरेको प्रदेश १-०१-००२ च. ३५७५ नं. को महिन्द्र बलेरोलाई शंका लागी रोक्न खोज्दा उक्त महेन्द्रा गाडी नरोकी भाग्दा गोली समेर चलाउन बाध्य भएको सुनसरी प्रहरीले जनाएको छ ।

गाडी पटक-पटक रोक्न खोज्दा नरोकी तिव्र गतिमा भाग्न खोजेकोले उक्त गाडी रोक्न बाध्य भई चाईनिज पेस्तोलबाट १ राउण्ड गोली फायर गरिएको र गाडी छोडेर चालक फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
गाडी चेकजाँच गर्ने क्रममा कालो प्लाष्टिकले बेरेको पोकामा (२४७ के.जी) लागू औषध गाँजा फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज विकास राईले जानकारी दिए ।

Advertisement

सुनसरी प्रहरीको अनुसार कानून बमोजिम उक्त गाडी र गाँजा बरामद गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा ल्याई राखिएको र, चालकको खोजतलास लगायतको थप अनुसन्धान गर्ने कार्य भइरहेकोछ।