रौतहटमा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार मंगलबार गरुडामा पुरुषको शव फेला परेको हो ।
गरुडा नगरपालिका–५ स्थित झाझखोलामा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको तर शवको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।
मृत अवस्थामा खोलामा मानिस देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थल पुगेको सशस्त्र प्रहरीको सुरक्षा बेस दुधियाभार र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले शवलाई खोलाबाट बाहिर निकालेको थियो ।
प्रहरीले शवको पहिचान गर्ने प्रयास गरिरहेको र घटनास्थलको मुचुल्का लगायतको काम सकेर शवलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।