विराटनगर । झापामा ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नं.५ का १९ बर्षीय निर्दोश डाँगी रहेका छन् ।
डाँगीलाई झापाको मेचिनगर नगरपालिका वडा नं. ६ स्थित पुरानो मेचीपुलबाट ब्राउन सुगरसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनलाई लागुऔषध ब्राउन सुगर ३ ग्राम ५२० मिलिग्राम सहित पक्राउ गरेको हो ।
पक्राउ परेका डाँगीको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।