April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

लागूऔषधसहित ४ जना पक्राउ

970

विराटनगर । मोरङ र सुनसरीको विभिन्न स्थानबाट हिजो बेलुका प्रहरीले लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मोरङको विराटनगर महानगरपालिका–१५ सुडि टोल स्थितमा लागूऔषध गाँजाको कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले स्थानीय ६८ बर्षीय रघुनाथ साह र विराटनगर –१३ का १९ बर्षीय आनन्द कोईरीलाई ५०० ग्राम गाँजा र नगद १० हजार ७ सय सहित नियन्त्रणमा लिएको हो ।

यसका साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको विराटनगर–९ स्थितबाट प्र १–०२–०४७ प ४४६५ नम्बरको मोटरसाईकल चालक धनकुटाको सहिदभुमी गाउँपालिका–७ का ३८ बर्षीय जिवन राईलाई १९ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो ।

Advertisement

यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ स्थितबाट इटहरी उप–महानगरपालिका–१९ अमाह टोलका २८ बर्षीय रितेश चौधरीलाई २ ग्राम ब्राउनसुगर र निट्राजेपम ट्याब्ले– २२ थान सहित इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

लागूऔषध सहित पक्राउ परेका चारै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।