विराटनगर । धनकुटाको सल्लेरीमा अटो दुर्घटना हुँदा चारजना घाइते एका छन् । घाइते हुनेहरुमा धनकुटा–४ देब्रेबासका अटो चालक विश्वजीत राना मगर, देब्रेबासका असन आले मगर, भापाको झिल्झिलेकी नेहा राई र बिर्तामोडकी आईसा अली रहेका छन् ।
घाइतेहरुको उद्धार गरेको गरी सबैको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको जनाईएको छ ।
प्रहरीका अनुसार देब्रेबासबाट बसपार्कतर्फ जाँदै गरेको को.२ ह २५५५ नं.को अटो कोशी राजमार्ग अन्तर्गत धनकुटा नगरपालिका–६ स्थित सल्लेरीमा आइतबार साँझ अटो दुर्घटनामा परेको हो ।
अटो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।