काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी आरोपमा जाहेरी दर्ता भएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी गरेको आरापमा युवराज पौडेल ‘सफल’ ले जाहेरी दर्ता गराएका हुन् ।
लामिछानेविरुद्ध सिन्धुलीका पौडेलले हुलाकमार्फत टेकु प्रहरी परिसरमा जाहेरी दर्ता गराएका हुन् ।
उक्त जाहेरीमा सहकारी ठगी अरोपमा फरार रहेका गितेन्द्रबाबु राईलाई पनि प्रतिवादी बनाइएको छ ।
काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिा नेटवर्कको नाममा ६४ करोड रुपैयाँ गैरकानुनी रुपमा कर्जा लिई अपचलन गरेको जाहेरीमा उल्लेख छ ।