November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कारसँग ठक्कर खाँदा बस त्रिशूली किनारमा खस्यो

1.5K

काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउदै गरेको बस कारसँग ठोक्किएर त्रिशूली नदीमा खसेको छ । दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन्।

शुक्रबार बिहान चितवनको इच्छाकामना गाउँपालिका वडा न. ३ फिस्लिङमा नेपालगञ्जबाट काठमाडौंतर्फ आउदै गरेको भे १ ख ४०६२ नम्बरको बस विपरीत दिशाबाट गइरहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कारसँग ठोक्किएर त्रिशूलीको किनारमा खसेको हो ।

घाइते सबैलाई उद्धार गरेर भरतपुर लगिएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार बसमा सवार ३५ जना यात्रुमध्ये अन्य सकुशल रहेका छन् ।

बस सडकबाट करिब ५० मिटर तल नदीमा पुगेको थियो। कारमा चालकसहित ५ जना थिए।

कारका चालकमात्रै घाइते भएको प्रहरीले जनाएको छ ।