June 12, 2024, Wednesday
२०८१ जेष्ठ ३०
1:37:26 pm

विपद उद्धारसम्बन्धी तालिम अभ्यास गर्दा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु

405

काठमाडौं । बझाङमा विपद उद्धारसम्बन्धी तालिम अभ्यास गर्दा डुबेर सशस्त्र प्रहरीका जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका वडा नम्बर ७ घर भएका जवान नरेन्द्र सिंह धामीको रहेका छन् ।

प्रहरीका अनुसार बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास (सिमुलेसन) गर्दागर्दै उनी डुबेका थिए । सोमबार बिहान सेती नदीमा जिल्लास्थित सुरक्षा बलको संयुक्त सिमुलेसनका क्रममा उनी डुबेको प्रहरीले जनाएको छ ।

बेहोस अवस्थामा फेला परेका उनीलाई उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल बझाङमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।

Advertisement