ललितपुर । काठमाडौंको दक्षिणकाली नगरपालिका-८ स्थित केराबारीमा दुई जना मृत अवस्थामा भेटिएका छन् । फेला परेको शव एकजना महिला र अर्को पुरुषको रहेको प्रहरीले जनाएको छ।
घटनास्थल नजिकै बागमती प्रदेश-००२ च-०२७ च ३८१२ नम्बरको मोटरसाइकल भेटिएको मोटरसाइकलबाट खसेर उनीहरूको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
भिरालो जमिनका कारण शव निकाल्न असहज भएपछि नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोली परिचालन गरिएको छ ।
बाख्रा चराउन जाँदा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।