संखुवासभा । पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । संखुवासभाको पाँचखपन नगरपालिका– ९ स्थित अधेरी खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय सुरेन कुमार राईको १३ बर्षीय छोरा सुजल राई रहेका छन् । प्रहरीका अनुसार शुक्रबार बेलुका घर नजिकै रहेको अधेरी खोलामा साथीहरुसँग पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको हो ।
उनको शव चैनपुर अस्पताल पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।