November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आफैले बोकेको बन्दुक पड्किएर मृत्यु

1.5K


दाङ । दाङमा आफैले बोकेको बन्दुक पड्किँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार राजपुर गाउँपालिका–६ अरावरा बस्ने २७ वर्षीय प्रकाश बुढा मतवलाको आफैले बोकेको भरूवा बन्दुक पड्किँदा बिहीबार राति मृत्यु भएको हो

प्रकाश बुढा र सोही ठाउँ बस्ने ३० वर्षीय बल बहादुर गिरी जुरापानी सामुदायिकवनस्थित खयरभट्टी जंगलमा शिकार खेल्न गएकोमा प्रकाश बुढाले बोकेको बन्दुक पड्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय खाँग्राबाट खटिएको प्रहरीले बल बहादुरलाई बन्दुकसहित नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement