April 21, 2026, Tuesday
२०८३ बैशाख ९
1:37:26 pm

खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा चालकको मृत्यु

1.2K

विराटनगर । सुनसरीमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ । सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका–३ फुलचोक स्थितमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको हो।

विहीबार दिउँसो को. २ त ४२५० नम्बरको ट्याक्टरले खेत जोत्ने क्रममा ट्रयाक्टर अचानक पल्टदा चालक स्थानीय २२ बर्षीय पवन यादवलाई ट्याक्टरले किच्दा गम्भीर घाइते भएका उनलाई उपचारको लागि सप्तकोशी न्युरो अस्पताल भोक्राहा सुनसरी लगिएकोमा अस्पताल पु¥याउनसाथ मृत्यु भएको हो ।

Advertisement