April 22, 2026, Wednesday
२०८३ बैशाख ९
1:37:26 pm

तीन दिनदेखि तिला नदीमा बेपत्ता बालकको शव फेला

1.3K

तीन दिनदेखि तिला नदीमा बेपत्ता भएका बालकको शव फेला परेको छ। मंगलबार दिउँसो २ बजेको समयमा पौडी खेल्ने क्रममा बेपत्ता भएका  बालकलाई गोताखोरको टोलीले शव पत्ता लगाएर नदीबाट निकालेको हो।

सशस्त्र प्रहरी बलको सुर्खेतबाट कालीकोट आएको गोताखोर टोलीले ३ दिनदेखि नदीमा बेपत्ता तिलागुफा–७ छाप्रेका १४ वर्षीय हिक्मत बमको शव पत्ता लगाएर नदीबाट निकालेको प्रहरीले जनाएको छ ।

नदीमा डुबेकै ठाउँमा बालकको शव भेटिएको प्रहरीले जनाएको छ ।

Advertisement

तिलागुफा–६ गाल्जे नजिकैको तिला नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका बालक स्थानीय सत्यदेवी मावि जुविथामा अध्ययनरत थिए। उनका बुबा नरेन्द्र बम तिलागुफा–५ छाप्रे गाउँबाट नगरपालिकाको केन्द्र गाल्जेमा आएर होटल ब्यवसाय गरीरहेको प्रहरीले जनाएको छ ।