June 12, 2024, Wednesday
२०८१ जेष्ठ ३०
1:37:26 pm

सुनसरीमा मोटरसाईकल दुर्घटनाबाट एकजनाको मृत्यु

585


विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो साढे ३ बजे चतरातर्फ जादै गरेको को. २८ प ४७५८ नम्बरको मोटरसाईकल दुर्घटना भई करमखोलाको पुलदेखि अन्दाजी ८ मिटर तल्ल झरी दुर्घटना हुँदा चालक सोहि स्थानका ३५ बर्षीय पुष्प बस्नेत र मोटरसाईकलमा पछाडी सवार निजको ७ बर्षीय छोरा अनुभव बस्नेत घाईते भएका थिए ।

घाईते उनीहरुलाई उपचारको लागि घोपा धरान पठाईएकोमा उपचारको क्रममा अनुभव बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

Advertisement