February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

बेलबारीमा करेन्ट लागेर एकजनाको मृत्यु

1K

विराटनगर । मोरङको बेलबारीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका-९ बैराखुनीमाकरेन्ट लागेर ३७ वर्षीय अनिल शेर्पाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मंगलबार बिहान साढे ९ बजे घर नजिकै रहेको कुखुरा फर्ममा फेन जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उनको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको भएको थियो ।

उक्त घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Advertisement