विराटनगर । मोरङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका- १९ का ३० वर्षीय राजु ऋषिदेव रहेका छन्।
प्रहरीका अनुसार आइतबार बेलुका ९ बजे आफ्नै घरमा बिजुलीको बल्ब लगाउने क्रममा अचानक करेन्ट लागि घाइते भएका उनलाई उपचारको लागि कोशि अस्पताल बिराटनगर लागिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।